मेजर वस्नेत र मैना प्रकरण
विनोद न्यौपाने : 2009-12-20 17:07:34


-विनोद न्यौपाने
पछिल्ला दिनमा मेजर निरञ्जन वस्नेत निकै चर्चामा छन् । कि राम्रो काम गरे चर्चा कमाइन्छ कि त नराम्रो काम गरे । मेजर वस्नेत राम्रो काम गरेर चर्चामा आएका होइनन् । एउटी अवोध किशोरी, जसलाई न कुनै पार्टी थाहा थियो, न कुनै राजनीति । हो, उनै किशोरी अर्थात काभ्रेको खरेलथोककी मैना सुनारको हत्यामा संलग्न भएका कारण राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चर्चामा आएका छन् नेपाली सेनाका मेजर निरञ्जन बस्नेत । उनै वस्नेत हुन्, घरमा बसिरहेकी १५ बर्षीया मैनालाई पक्रेर पाँचखालस्थित तालिम केन्द्रमा ल्याउने र आफ्ना हाकिम महासेनानी बबी खत्रीको आदेशमा मैनालाई बाल्टीको पानीमा चोपल्दै करेन्ट लगाउने । उनै वस्नेतलाई त्यसैगरी करेन्ट लगाइएको भए के हुन्थ्यो ? अनि तातोपानीमा चोपल्दै उनीमाथि यातना दिइएको भए के हुन्थ्यो ? तर, उनले त्यो सोच्नसमेत सकेनन् । आतंककारी भएको भन्दै मैनामाथि यातनाका क्रम दोहोर्याइरहे । अन्तत मैना सुनारले यो धर्ती छाडिन् ।
उनै वस्नेतलाई त्यसैगरी करेन्ट लगाइएको भए के हुन्थ्यो - अनि तातोपानीमा चोपल्दै उनीमाथि यातना दिइएको भए के हुन्थ्यो - तर, उनले त्यो सोच्नसमेत सकेनन् । आतंककारी भएको भन्दै मैनामाथि यातनाका क्रम दोहोर्याइरहे । अन्तत मैना सुनारले यो धर्ती छाडिन् । तर, मैनाको आत्माले वस्नेतमात्रै होइन खत्री र उनका सहयोगीहरु सुनिल अधिकारी र अमित पुनलाई पछ्याइरहेको छ, न्यायको खोजी गर्दै ।
एक साता भयो ०६० साल फागुनमा घटेको त्यो हत्याकाण्डले पुन चर्चा कमाएको । र, दिनदिनै अखबार र टेलिभिजन च्यानलहरुमा छाएको छ यो घटना । वस्नेतलाई शान्ति सेनाबाट फर्काइएपछि उनी चर्चामा आएका हुन् । उनलाई नेपाल प्रहरीको जिम्मा लगाएर नागरिक अदालतमा उभ्याउन सारा संसारले माग गरिरहेको छ । तर, नेपाली सेना यो मान्न तयार छैन । उ अझै वस्नेतलाई निर्दोष ठान्दै आइरहेको छ र भनिरहेको छ 'उनको कुनै कसुर छैन ।' तर, मैनाको परिवार मात्रै होइन सारा संसार यो मान्न तयार छैन । वस्नेत प्रकरणकै कारण प्रधानमन्त्री माधव नेपाल र रक्षामन्त्री विद्याभण्डारीबीचको सम्वन्धमा केही चिसोपन आएको छ । मैनाका हत्याका अभियुक्तलाई अदालतमा बुझाउनुपर्छ भन्ने नेपाल र सेनाको कुरा सुन्दै बुझाउन हुँदैन भन्ने भण्डारीबीच अहिले यही विषयमा कुरा नमिलेपछि चिसोपन आएको हो ।

हिजो प्रधान सेनापति छत्रमान गुरुङ नेपाल फर्किएका छन् । प्रधानमन्त्री नेपाल आज अर्थात पुस ५ गते नेपाल फर्के । अब यो काण्डले कस्तो रुप लिने हो उनीहरुमै भर पर्नेछ । तर, मैना सुनार हत्याकाण्डको नालिबेली जान्न चाहने हाम्रा असंख्य पाठकहरुको चाहनालाई ध्यानमा राखी मैनासुनार हत्याकाण्डको विस्तृत जानकारी तल राखेको छु
यसरी भयो मैनाको हत्या
द्वन्द्व चर्कँदै थियो । मान्छे धमाधम मारिँदै थिए । तत्कालिन व्रि्रोही माओवादी र तत्कालिन शाही सेनाबीच जिल्लाका विभिन्न स्थानमा भिडन्त भइरहेका थिए । जिल्लाका दर्ुगम भेगमा माओवादी र शहरी क्षेत्रमा शाही सेनाको 'चलखेल' व्यापक थियो । निर्दोषहरु आतंकाकारीको नाममा मारिने क्रम पनि जारी थियो । सोही क्रममा २९ माघ ०६० मा पोखरीचौरीकी १७ वषर्ीया रिना रसाइलीलाई राती घरबाटै पक्राउ गरी घरनजिकै बिहानपख गोली हानी सुरक्षाकर्मीले 'हत्या' गरे ।
आफ्नी दाइकी छोरीको हत्या भएको सुनेर माइती पुगेकी खरेलथोक-५ की देवी सुनारले घटनाबारे मानवअधिकारवादी र पत्रकारलाई वताइन् । र, तत्कालिन शाही नेपाली सेनाको नजरमा परिन देवी सुनार । केही दिनपछि सेनाले खरेलथोक- ५ की बिमला विकलाई पक्राउ गरी उनैको सूचनाको आधारमा देवीको खोजीमा सेना लागेको थियो ।
स्रोतका अनुसार पाँचखालस्थित युद्ध कार्य शान्ति तालिम केन्द्रका कार्यवाहक प्रमुख महासेनानी बबी खत्रीलाई बिमलाले भनेकी थिइन्, 'देवी सुनार माओवादी हो । उसलाई घरबाटै समाउन सकिन्छ ।' हो यही खबरले १५ वषर्ीया बालिका मैना सुनारको पाशविक तरिकाले हत्या भयो । र, अहिले यो हत्या प्रकरणले सिंगो नेपाली सेना विवादको 'घेरावन्दी'मा परेको छ ।
महासेनानी बबी खत्रीले आदेश दिए 'त्यो देवी सुनारलाई जसरी पनि पक्रेर ल्याउनु ।' सोही आदेशलाई पालन गर्दै तत्कालिन सहसेनानी निरञ्जन वस्नेतको नेतृत्वमा सेनाको कोभर्ट टोली ५ फागुन ०६० मा खरेलथोक हिँड्यो । केन्द्रबाट आठ किलोमिटर टाढा रहेको सुनारको घरमा उक्त टोलीले देवीलाई भेटेन । अनि उठायो कक्षा ९ मा पढ्दै गरेकी १५ वषर्ीया मैना सुनारलाई । आँखामा पट्टी लगाएर हात बाँधेर मैनालाई केन्द्र ल्यायो उक्त टोलीले । मैनालाई जब तालिम केन्द्र ल्यायो अनि सुरु भयो यातना दिने कार्य । अन्तर्रर्ााट्रय कानुनको उल्लंघन, मानवअधिकारको हनन र युद्धको नियमसमेत पालना नगरी माओवादी भएको भन्दै मैनामाथि यातना दिन सुरु भयो । सेनाले गठन गरेको 'कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनमा समेत उनीमाथि चरम यातना दिएको' उल्लेख छ । उक्त प्रतिवेदनका अनुसार, महासेनानी खत्रीको नेतृत्वमा मैनालाई सुरुमा बाँधेर पिटियो । अनि बाल्टीमा पानी राखेर डुबाउँदै, निकालिँदै गरियो । यतिमात्र यातना सहिनन् मैनाले । उनीमाथि पटक-पटक करेन्टका झट्काहरु लगाइए । एक घण्टाभन्दा बढी यातना दिइसकेपछि मैना बेहोस् भइन् । र, बिस्तारै मुखबाट फिँज काटेर त्यही मृत्युवरण गरिन् ।
उता गाउँमा मैनालाई सेनाले लगेको खबर आगोसरी फैलिसकेको थियो माइती गएकी देवी घर फर्केर आइन् । तीन दिनपछि तालिम केन्द्रमा गाउँको एक टोली पुग्यो । 'हाम्री मैनालाई यहाँ ल्याइएको छ रे !' टोलीको जिज्ञासामा महासेनानी खत्री कड्किए 'को मैना - मैनाबारे हामीलाई केही पनि थाहा छैन । हामीले यहाँ ल्याएका छैनौं ।' उनीहरुले मैनासँगै एक महिला यात्रुबस चढेर काठमाडौंतिर लागेको समेत वताएका थिए ।
न्यायको खोजी
आफ्नी छोरीलाई सेनाले वेपत्ता बनाएदेखि न्यायको खोजीमा भौंतारिइरहे आमा देवी र बाबु पूर्रण्ावहादुर । तर, अहिलेसम्म उनीहरुले न्याय पाएका छैनन् । छोरीलाई न्याय दिलाउन धेरै जोर जुत्ता फटाइसकेका पर्ूण्ावहादुरको सोही चिन्ताले केही समयअघि मृत्यु भइसकेको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । तर, आमा देवी अहिले पनि छोरीको न्यायका लागि लागिरहेकी छिन् । उनको निरन्तरतामा कमी आएको छैन । हाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा काम गरिरहेकी देवी कामको सिलसिलामा डोटी पुगेकी छिन् । तर, पनि उनको न्यायका लागि चलिरहेको कदम रोकिएको छैन । २३ मंसिरमा मात्रै उनले प्रधानमन्त्री माधव नेपाललाई खुलापत्र लेख्दै न्याय पाउनेमा आशावादी रहेको उल्लेख गरेकी छिन् ।
आमा देवीकै अनुरोधमा मैना वेपत्ता भएदेखि नै विभिन्न मानवअधिकारवादी संस्था र राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले मैनाको अवस्था र्सार्वजनिक गर्न नेपाली सेनालाई पटक-पटक दबाब दिए । ९ वैशाख ०६१ मा काठमाडौंबाट प्रकाशित एक साप्ताहिकमा पाँचखालस्थित तालिम केन्द्रमा कार्यरत जवानहरुको नाममा पाठकपत्र छापिएको थियो । त्यसमा मैनालाई ब्यारेकमा ल्याएर यातना दिइ मारिएको उल्लेख भएपछि सेनामाथि उनको अवस्था र्सार्वजनिक गर्न दबाब बढेको थियो । र, अन्तत नेपाली सेना मैनालाई तालिम केन्द्रमा पुर्याएर मारिएको स्वीकार्न तयार भयो । तर, उसले मैनाको शव कहाँ छ भन्नेसमेत जानकारी दिएन । छोरीको खोजीका लागि दिनरात नभनी लागेका बाबु पर्ूण्ावहादुर र आमा देवी ०६१ भदौमा सेनाको मानवअधिकार इकाईमा पुगेर मैनाको बारेमा जानकारी दिन आग्रह गरे । तत्कालिन इकाई प्रमुख राजु नेपालीले 'त्रि्री छोरी मैनाको यही साउन ४ गते मृत्यु भइसकेको छ' भन्ने जवाफ फर्काएका थिए ।
हत्या भएको स्वीकार
सेनाले केही समयपछि मैना सुनारलाई ब्यारेकमा ल्याइएको र उनी भाग्न खोज्दा लडेर मृत्यु भएको समेत वताएको अधिकारकर्मी भोजराज तिमल्सिनाले वताए । तर, पछि १ चैत ०६१ मा सेनाको जंगी अड्डाले मैनाको हत्या गलत तरिकाले भएको स्वीकार्दै कोर्ड अफ इन्क्वाइरी गठन भइसकेको विज्ञप्ति प्रकाशित गरेपछि मैनाको परिवार उनको हत्या भइसकेको स्वीकार्न वाध्य भएको थियो । वैशाख ०६२ मा सेनाका तत्कालिन प्राड विभाग प्रमुख विएकुमार शर्माले सैनिक अदालत गठन भएको र मैना सुनारको हत्याका विषयमा अनुसन्धान भइसकेको वताए । सैनिक अदालतको 'वोर्ड अफ इन्क्वाइरी' तत्कालिन उपरथी किरणसम्शेर जबराको अध्यक्षतामा गठन गरिएको थियो ।
सैनिक अदालतको बोर्ड अफ इन्क्वाइरीले २३ भदौ ०६२ मा फैसला गर्यो । जुन, पछिमात्रै र्सार्वजनिक भएको थियो । हत्याको नियत नदेखिएपनि अनुसन्धान र मृत्युपछिको 'प्रकृति र प्रक्रिया' गलत भएको ठहर गर्दै सैनिक अदालतले महासेनानी बवी खत्री, सहसेनानीद्वय सुनिल अधिकारी र अमित पुनलाई दोषी ठहर गरी ६ महिना कैद सजाय दिएको उल्लेख गर्यो । सैनिक अदालतले महासेनानी बवी खत्रीलाई २ वर्षतथा सहसेनानीहरू सुनिल अधिकारी र अमित पुनलाई १/१ वर्षबढुवा रोक्का गरेको वताएको थियो । तर, जसको नेतृत्वमा मैनालाई पक्रेर ल्याइएको थियो उक्त व्यक्ति -मेजर निरञ्जन वस्नेत) लाई भने सेनाले सफाई थियो, आफ्नो कार्बाहीको सुचीमा पारेन । सैनिक अदालतले तत्कालिन महासेनानी बबी खत्रीलाई ५० हजार र सहसेनानीद्वय पुन र अधिकारीलाई २५ हजार रुपैयाँ जनही जरिवानाको फैसलासमेत गरेको थियो ।
तर, मैनाको परिवार सैनिक अदालतको फैसला स्वीकार्न तयार भएन । सुरुदेखि नै नागरिक अदालतबाट मैना हत्याकाण्डबारे कार्बाही प्रक्रिया अगाडि बढाउन माग गर्दै मैनाकीे आमा देवी सुनारले २७ कात्तिक ०६२ मा गते जिल्ला प्रशासन कार्यालय मार्फ जिल्ला प्रहरी कार्यालय काभ्रेमा मुद्दा दर्ता गरेकी थिइन् । मुद्दामा सैनिक अदालतको कार्बाही सूचीमा नपरेका तात्कालिन सहसेनानी वस्नेतलाई पनि कार्वाहीको माग गरिएको थियो । अनुसन्धानको क्रममा मैनाको शवलाई ९ चैत ०६३ मा पाचँखाल-६ स्थित बुट्यान नजिकैबाट उत्खनन गरिएको थियो । प्रहरीले अनुसन्धान गर्नेक्रममा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग र राष्ट्रिय मानवअधिकार आयोगको प्राविधिक सहयोगमा शवको उत्खनन गरेको थियो ।
नागरिक अदालतमा मुद्दा
मैनाको शव उत्खनन भइसकेपछि प्रहरीले आफ्नो अनुसन्धान प्रक्रिया पुरा गरेर चारैजनाविरुद्ध १७ माघ ०६४ मा जिल्ला अदालत काभ्रेमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो । नेपाली सेनाको इतिहासमा सैनिक अदालतमा फैसला भएको मुद्दा नागरिक अदालतमा पुगेको पहिलोपटक थियो । सर्वोच्च अदालतका न्यायधिश रामकुमार श्रेष्ठ र वीरवहादुर रायमाझीको संयुक्त इजलासले १ असोज ०६४ मा अनुसन्धान सकी अदालतमा मुद्दा दायर गर्न परमादेश जारी गरेको थियो । जिल्ला अदालत काभ्रेमा तत्कालिन सरकारी वकिल भरतमणि रिसालले अभियोगपत्र दायर गरेका थिए । अभियोगपत्रमा उल्लेख गरिएको छ, 'सैनिक ऐन २०१६ को दफा ६१ मा सैनिक ऐन लागु हुने कुनै व्यक्ति सैनिक ऐन लागु नहुने कुनै व्यक्तिको ज्यान लिएमा त्यस्तो कार्यलाई सैनिक ऐनअर्न्तर्गतको कसुर नमानी त्यस्तो कसुरलाई सैनिक अदालतबाट हेरिनेछैन भनी स्ष्ष्ट किटाटी व्यवस्था भएको ..... चारैजना प्रतिवादीहरुले मुलुकी ऐन ज्यानसम्वन्धी महलको १ नंं र १३ -३) नंंको कसुर गरी मैना सुनारको हत्या गरेको देखिँदा निजहरुलाई ऐ.ऐ.को १३ -३) नं. बमोजित सजाय गरी पाउन प्रस्तुत मुद्दाको मिसिल यसैसाथ पेश गरिएको ।'
अदालतमा मुद्दा दायर भएपछि जिल्ला अदालत काभ्रेले चारैजनाविरुद्ध पक्राउ आदेश जारी गरेको थियो । अदालतले ४ चैत ०६४ मा पुन, १९ वैशाख ०६५ मा वस्नेत, १७ असार ०६५ मा अधिकारी र २९ असार ०६५ मा खत्रीलाई अदालतमा उपस्थित हुन ७० दिने म्याद जारी गरे पनि उनीहरुले बुझ्न नमानेपछि प्रहरीले उनीहरुको घरमा म्याद टाँसेको थियो । यसबीचमा तत्कालिन महासेनानी बबी खत्रीले सैनिक सेवाबाट अवकाश पाइसकेका थिए । सहसेनानीद्वय अमित पुनले १५ वैशाख ०६३ मा पदबाट राजिनामा दिए भने अर्का सहसेनानी सुनिल अधिकारीले २ कात्तिक ०६३ मा राजिनामा दिए । सेनाले उनीहरुको राजिनामा सहजै स्वीकृत गरेको थियो । खत्री हाल नेपालमै छन् भने पुन र अधिकारी कार्बाहीमा पुनः पर्ने डरमा अमेरिकातिर लागिसकेका छन् ।
घटनाक्रम
-२९ माघ ०६० पोखरीचौरीको रिना रसाइली -१७) को हत्या
-५ फागुन ०६० मैनालाई घरबाटै पक्राउ
-९ वैशाख ०६१ मैनाको हत्या भइसकेको पाठकपत्र प्रकाशित
-भदौ ०६१ सेनाको मानवअधिकार इकाई प्रमुखद्वारा मैनाको 'मृत्यु' भइसकेको जानकारी
-१ चैत ०६१ सेनाद्वारा मैनाको हत्या भएको स्वीकार, कोर्ट अफ इन्क्वाइरी गठन भएको जानकारी
-२३ भदौ ०६२ मा सैनिक अदालतको फैसला
-२७ कात्तिक ०६२ मा गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा आमा देवीद्वारा जाहेरी दर्ता
- १५ वैशाख ०६३ मा अमित पुन र २ कात्तिक ०६३ मा सुनिल अधिकारीद्वारा पदबाट राजिनामा
-९ चैत ०६३ मैनाको शव उत्खनन
-१ असोज ०६४ मा सर्वोच्चद्वारा घटनाको अनुसन्धान सकी अदालतमा मुद्दा दायर गर्न परमादेश जारी
-१७ माघ ०६४ मा जिल्ला अदालत काभ्रेमा चारै सैनिकविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर
-बैशाख-असार ०६५ जिल्ला अदालत काभ्रेबाट चारैजनाविरुद्ध ७० दिने म्याद जारी
- मंसिर ०६६ पहिलो साता वस्नेत शान्ति सेनामा भएको र्सार्वजनिक
-२३ मंसिर ०६६ देवी सुनारद्वारा प्रधानमन्त्रीलाई खुलापत्र
-२७ मंसिर ०६६वस्नेत शान्तिसेनाबाट फिर्ता र त्रिभुवन विमानस्थलबाट पक्राउ, प्रधानमन्त्रीद्वारा नागरिक अदालतमा बुझाउन निर्देशक
-२८ मंसिर ०६६ प्रहरीद्वारा वस्नेतलाई बुझाउ सेनालाई पत्र, सेनाद्वारा अस्वीकार
-२९ मंसिर ०६६ सेनाद्वारा वस्नेत फर्काउनुको कारणबारे उनीमाथि छानबीन गरिने जानकारी ।
यो विषयका प्रतिक्रियाहरु
pratik neupane :Mar 28, 2010 01:04:07 AM
देसका रक्षक हरु ले नै भक्षक बनि दिया पछी के सुरक्षा को महसुस गर्नु यो देस मा जग वाई भाहिनी हो आफ्नो सुरक्षा आफै गर्न पापी को शक्ति बन्दुक छ वने हाम्रो शक्ति कलम छ सो यस्ता घटना को पर्दा फस वयाको मा बहुत खुसि लागेको छ
Gupta Gurung(UK):Jan 6, 2010 01:16:56 AM
Maj basnet rakchhya mantrini ka boy friend hun,tyesaile primminister jasta le basnet lai karbahi gar bhanda pani garnu hundaina bhanera basi raheka chhan.Tara mantrini nanile yo bichar
gareka chhainan ki unka chhori lai tyestai gareka bhae ke garthin
hola?.Tyesaile narika awaj narile nai nasunne bhain mantri bhaisake
pachhi.
tulsi:Jan 5, 2010 02:14:49 PM
yedi maina sunuwar lagayet sampurna bepatta pariyeka haru ko khoji na bhaye desh ma aarko ghanai thulo rakta pat nischit 6, jas ko target desh ka dhula neta ra desh chalaune haru hune chan, bepatta pareyeka pariwar haru tesai santa basne chainan,
mialnthapa:Jan 5, 2010 05:12:40 AM
yo sani naina abo nepalkai thuli naina bhain abo ydi sarkar le karbai na gareni janta le chhodne bala chhainan usko chhora chhori ka chhan abo khoj tlas garna parryo usle jasri aru ko gharma phulna lageko phul lai darda nak yatana di yo sansar bata bida huna badde banayo usko chhora chhori le pali to sajaya paunu parchha ani matra bidhdhya bhandari le tha pauchhe oli bujho lagayara basda ke halat hunchha uslai bidhba hunu ma kunai dukhkha chhai na uskai srent r oli khachchar ko mili moto ma hamra mahan jana neta ko hattya bhako bhanne kura bachcha lai tha chha na bha ammar lama ko hattya tesai hune thiyana kina dherai kura garnu parryo ra naina abo nepal aama ki chhori hun uni ammar chhin
kul bahadur shrestha:Jan 5, 2010 02:58:47 AM
ma pani 2060 sal ko sainik jawan nai hu. tara malai yhi ghatana tatha yastyai kiryakalap nepali senama atyadik ruple badeko dekhera 2062 ma yo jagirlai lat hane kinaki nepali sena bhaneko pahila birnepali bhanera chinintho tara tyahi ahile aayara. kulngarma chha. junpurkhaharuko isjyot ma dag lageko chha. ahile ma jagir kai silsilama qatar ma chhu. maina sunuwar lai marne harulai phasiko sajai hunu parchha.kohi america ta kohi nepal mai.
mero tarpha bata yasto nagarik ulanghan garneti jatipani chhan saudiarab majhai phasiko sajay matra uchit hunchha. sathai aam nepaliko magnai yahiho, animatra banchha nepal.
PRALHAD KARKI:Dec 31, 2009 11:24:41 PM
dosi lai kada bhanda kada karbhai garnu parchha .hoina bhaney yesto ghatna phery phery ghatna sakchha .
puskar thapa:Dec 28, 2009 11:50:59 AM
always i read kavreli.com from UAE so i feel im still in the nepal (panauti). i waiting for new true news
धन बहादुर तमाङ :Dec 23, 2009 02:47:20 AM
यि सैनिकहरुलाई कारबाही भयो भने त नेपालमा घाम पश्चिमबाट उदाउछ र आकाश उल्टिन्छ कि कसो !
हाम्रोदेशमा कनुन अहिलेसम्मा जनाताकोलागी मात्रै लागु भएकोछ ठुलाबडाको लागि होइन । पैसाहुने र पावरहुनेले यहाँ जे गर्दापनी हुन्छ
भाईरहेकै छ । जब जनताकोलागि भनेर जङ्गलबाट आवाज लिएर लडेर आएको माओवादीले त केही गरेन सत्तामा आएर पनि ।
अनी अब नेपाली जनताले कसको भर पर्ने ? कुन पार्टीलाई साथ दिने ?! कहिले आउने नेपालीको दिन ?!!!
Ashok Poudel:Dec 22, 2009 03:22:50 PM
In this case I am very gloomy. We all Nepali
Amar Lama:Dec 20, 2009 08:49:55 PM
dhosilai karbai hunu par 6.