Friday, 03 September 2010 12:26 pm, Nepal

कुशादेवी गा. वि. स.

2010-07-10 03:20:04



भौगोलिक अवस्था :
काभ्रे जिल्लाको नमूना गाउँ विकास समितिको रुपमा परिचित र पुरस्कृत कुशादेवी गाविस काठमाडौँबाट बनेपा, पनौती हुँदै ४० किलोमिटर दक्षिणपूर्वमा पर्दछ । २०१७ साल भन्द्या अघि २० गाउँ विहावर भनिने अनी लेखिने गरिन्थ्यो । विहावर भन्नाले भूमिडाँडा गाविसका केहि वडाहरु, रयाले र ुकशादेवी गाविस पर्दछन् । यहाँको हावापानी काठमाडौँ सरह रहेको छ । जाडो मौसममा काठमाडौँ उपत्यकामा शितलहर अर्थात् हुस्सु लाग्छ भने यहाँ तु्षारो पर्दछ । यहाँको तापक्रम जाडोमा न्युनतम –३ डिग्री सेन्टीग्रेडदेखि अधिकतम २६ डिग्री सेन्टीग्रेड र गर्मी समयमा न्युनतम १८ देखि ३२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम पुग्छ ।
करिव १ हजार ८ सय ८६ घरधुरी संख्या रहेको यस गाविसमा झण्डै १२ हजार ९ सय ८६ जनसंखया रहेको छ । यस गाविसमा पुरुषको संख्या ५ हजार ९सय ६६ छ भने महिलाको संख्या ७ हजार २० रहेको छ । १६ वर्ष माथिको मतदाता ८ हजार छ भने १६ वर्ष मुनिको संख्या ४ हजार ९ सय रहेको छ । धुपौँरो आकारमा देखिने यस गाविस ९ वडाहरुमा विभाजित छ ।
एकै ठाउँबाट सात वडाहरु देख्न सकिन्छ भने दुई वडाहरु देखिदैँन । वडा नम्बर ५ र ६ महाभारत जंगलको उत्तरमा पर्दछन् भने १, २, ३, ४, ७, ८ र ९ नम्बर वडाहरु लीलावती खोलाबाट उत्तर र दक्षिणमा पर्दछन् । यस गाविस कुशादेवीको मन्दिर, लीलावती, विहावर खोला र रोशीबाट चिनिन्छ । फुलचोकीबाट बगेको रोशमती र लीलावती भालेश्वर महादेव नजिक संगम हुन्छ ।

गाउँ बस्ती र जनजाति :
कुशादेवी गाविसमा धेरै गाउँबस्तीहरु छन् । जफती, थुमगाउँ, तीनखुट्टे, वगुवा, भटमासे, टाँडाले, ध्याल्कु, तेलमाले, डिही, वडारे, घिमिरे गाउँ, महाँकाल, मोठ, दारिमबोट, बोलखेगाउँ, किमाडोल, गोठखोला, ठकुरीगाउँ, नयाँगाउँ, छिन्याभञ्ज्याङ, लप्सेटार, विर्तागाउँ, ठाडे, गोल्डाँडा, फापरचौर आदि यस गाविसका गाउँबस्तीका उदाहरण हुन् ।
यहाँ चारजात ब्राह्मण, क्षेत्री, बैश्य र शुद्र छन् । ब्राह्मण जातिको बहुमत रहेको यस गाविसमा तामाङ, क्षेत्री र अरु जाति बसोबास गर्दछन् । ब्राह्मणमा अधिकारी, आचार्य, पौडेल, सापकोटा, हुमागाँई, घिमिरे, न्यौपाने, तिमल्सिना, दाहाल, बोलखे, बजगाँई पर्दछन् भने क्षेत्रीमा थापा, कार्की, ठकुरी, बस्नेत पर्दछन् । भुजेल, तामाङ, नेवार, नगरकोटी, दहाई र कामीको बसोबास पनि प्रशस्त छ ।

सडक तथा यातायात :
पनौँती ललितपुर जोडिने बाटो यसै गाविस भएर जान्छ । पनौँतीदेखि कुशादेवी कुशादेवी पुछारीसम्म मोटरबाटो कालोपत्रे भएको छ भने रयालेसम्म ग्राबेल गरिएको छ । पनौतीदेखि यसै गाविसहुँदै मानेदोभानसम्म बस क्युमा चलेका छन् साथै यस गाविसका सबै वडाहरुमा मोटरबाटो पुगेको छ ।

खानेपानी र सरसफाई :
यस गाविस अन्र्तगत पानीका मुहान धेरै भएकाले यहाँका सबै मानिसले सुरक्षित खानेपानीको सुविधा पाएका छन् । यस गाविसमा खानेपानी सम्बन्धि धेरै योजना सञ्चालित तथा सफल भएका छन् । यस्ता योजनामा नेपाल सरकार खानेपानी कार्यालय, नेपाल रेडक्रस सोसाइटी, ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्डबोर्ड, गाविस आदिको सहयोग रहेको छ ।
कुशादेवी गाविसमा सरसफाई कायृक्रम अन्र्तगत चेतना अभिबृद्वि गर्ने उद्देश्यले तालिमहरुको आयोजना गरी स्वास्थ रहन सुरक्षित खानेपानी पिउनुपर्छ भन्ने उत्प्रेरणा जगाइएको छ । यस गाविसमा शौचालयको निर्माण र प्रयोग भैरहेको छ यहाँ गोवरग्यास प्लाण्ट पनि सञ्चालन भएको छ ।

शिक्षा तथा स्वास्थ्य :
यस गाविको वडा नम्बर २ बाहेक अन्य सबै वडामा विद्यालय रहेका छन् । २०१६ सालदेखि १० कक्षा यहि गाविसमा पठनपाठन हुने गरेको थियो । हाल यहाँ स्नातकसम्मको पढाई हुन्छ । यहाँका सरकारी विद्यालयहरुमा कुशादेवी उच्च मावि, कुशादेवी क्याम्पस, लालिगुँरास प्रावि, संसारीदेवी प्रावि, सूर्योजयोती निमावि, फुल्चोकी निमावी र विहावर निमावि छन् भने नीजि रुपमा नवप्रतिभा मावि र लालिगुँरास मावि रहेका छन् । यी सबै विद्यालयहरुमा झण्डै १ हजार विद्यार्थी अध्ययनरत छन् । विद्यालयहरु खुले अनुसार उचित व्यवस्थापन भने हुन सकेको छैन ।
नेपालका अन्य गाविसहरुको तुलनाममा यसको साक्षरता प्रतिशत उच्च रहेको छ । यस गाविसका अन्य वडाको तुलनामा ६ नम्बरको साक्षरता प्रतिशत कमी रहेको पाइन्छ । यहाँ स्वच्छ खानेपानी, वातावरणिय सरसफाइ तथा व्यक्तिगत सरसफाइमा सुधार आएको छ । स्वास्थयलाई ध्यान दिई स्वास्थ्य चौकीमा आउनेको संख्या बढेको छ । गभैवती महिला तथा बालबालिकाको स्याहार गर्ने, पोषणयुक्त खानेकुरामा ध्यान दिने, विभिन्न रोगमा खोप लगाउने, गर्भवती महिलाहरुको स्वास्थय परिक्षण गरेदेखि आमा तथा बच्चाहरुको मृत्युदरमा कमी आएको छ ।



सञ्चार :
२०२३ सालमा रेडियो भित्रिएको यस गाविसमा हाल सबैको घरमा रेडियो रहेको छ । धेरैजसो घरमा टेलिभिजन विस्तारहुँदै गएको छ । भर्खरै यहाँ लाईन टेलिफोन सेवा सञ्चालन भएको छ । बढीले मोबाइल फोनको प्रयोग गरेका छन् । यहाँ सञ्चारको अर्को मध्यम अत्तिरिक्त हुलाक सेवा पनि सञ्चालित छ भने नियमित रुपमा गोरखापत्र, कान्तिपुर, समाचारपत्र, अन्नपूर्ण पोष्ट साथै स्थानिय पत्रपत्रिकाहरु पढ्न पाइन्छ ।

आर्थिक अवस्था तथा व्यवसाय :
यहाँको सर्वसाधारण जनताको आर्थिक अवस्था मजवुत नै छ । मुख्यतयाः यहाँको आर्थिक उन्नतीको आधार भनेको कृषि व्यवसाय नै हो भने केहिले रोजगारी पनि गरेको पाइन्छ । वातावरणिय हिसावले यो गाविस कृषिका लागि अति उपयोगी छ । यहाँको मुख्य बाली धान, गहुँ, मकै, आलु र तोरी रहेको छ ।
२० वर्ष पहिले ७५ प्रतिशत मानिसलाई १२ महिना खान पुग्दैनथ्यो उन्नत जातको बिउ उन्नत प्रविधिका कारण खाद्यन्न फल्न थाल्यो, परिश्रम बढ्न थाल्यो उत्पादन बढ्न थाल्यो र सबैलाई १२ महिनै खान पुग्यो । नगदेबालीका रुपमा लप्सी र तरकारी खेति लगाउन थालियो जसले गर्दा आयस्रोत बढ्न थाल्यो । कुशादेवी गाविस पशुपालनका लागि अति उपयोगि छ । यहाँको पहिलो व्यवसाय कृषि हो भने दोस्रो पशुपालन । कुशादेवी गाविस दुग्ध उतपादनको प्रमुख क्षेत्रको रुपमा लिइन्छ साथै यस गाविसमा उद्योग तथा व्यापार पनि विस्तार हुन थालेको छ । यहाँ दैनिक झण्डै ४ हजार ५ सय लिटर दुध संकलन हुन्छ र दैनिक रु डेढलाख रुपैँया भित्रने गरेको छ ।

संघसंस्था :
यस गाविसमा हाल क्रियाशिल संघसंस्थाहरुमा कुशादेवी युवा क्लव, विहावर युवा क्लव, जागृति नारी चेतना, हाम्रो बचत तथा ऋण सहकारी संस्था, कुशादेवी बचत तथा ऋण सहकारी संस्था, मिाल बहुउद्देश्यीय सहकारी संस्था र सहारा बचत तथा ऋण सहकारी संस्था रहेका छने भने सबै वडाहरुमा महिला तथा पुरुष बचत समुह गठन भएका छन् ।

काभ्रेली डटकमका कुशादेवी गाविस प्रतिनिधि प्रकाश हुमागाँईको सहयोगमा तयार पारिएको ।

यो विषयका प्रतिक्रियाहरु

sudarshan sapkota :Jun 20, 2010 06:26:16 PM

हाम्रो रायले को पनि छुट्टै पेज हुनु राम्रो हुन्छ होइन र .
कृपया रायले को पनि आफ्नो छुट्टै पेज मा राखी दिनु हुन अनुरोध गर्दछु

very good :Feb 12, 2010 05:10:30 AM

i am happy to read this kavreli news.so i mustly say your team to thank you for imformation.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु