काभ्रे पलाञ्चोक जिल्लाको पुर्वी पहाडी भेगमा अवस्थित कात्तिके देउराली गाविस काठमाडौं देखि करिब ८७ किमि को दुरिमा रहेको छ । काठमाडौं देखि भक्तपुर बनेपा पाँचखाल हुँदै दोलालघाट सम्म पक्की सडक अरनीको राजमार्ग पछि इन्द्रावती र भोटेकोशी तरेपछि कोशीपारी क्षेत्रमा प्रवेश गरिन्छ । दोलालघाट पछि कच्ची बाटो भुम्लु चौवास घाटखर्क चौरी अथवा तल्लो बाटो फलाँटे गोठपानी हुँदै पनि कात्तिके देउराली पुग्न सकिन्छ । काठमाडौं देखि सिधै कोशीपारी मादन कुँडारी जाने बसमा ५/६ घण्टाको अवधिमा कात्तिके देउराली पुग्न सकिन्छ ।
कात्तिके देउराली गाविस को केन्द्र देउराली हो र यहाँ सानो बजार पनि रहेको छ । भौगोलीक दृष्टिले सतह देखि करिब ५०० देखि ९५० मी. सम्मको उचाईमा रहेको यस कात्तिके देउराली गाविस लाई पुर्वमा मादन कुँडारी गा।वि।स। उत्तरमा रामेछाप जिल्ला र पोखरी चौंरी गाविस पश्चिममा गोठपानी विर्ता देउराली साथै दक्षिण तर्फ बोल्दे फेदिचे र ठुलो पासे्रल गा।वि।स। लाई अलग राख्न बिचमा सुनकोशी नदि साँध बनेर अविरल बगिरहेको छ ।
यस गाविसमा वडा नं. जखाडी बाहेक अरु वडा हरुमा गरि जम्मा १ क्याम्पस १ बोर्डिङ स्कूल १ माध्यामिक विद्यालय माहा विष्णु र सुनकोशी गरी २ निम्न माध्यामिक विद्यालय ४ प्राथमिक विद्यालय छन् । धुलिखेल हस्पिटलको उप-शाखाको रुपमा एक हस्पिटल साचालीत छ । सुरक्षाको दृष्टीकोणले देउरालीमा इलाका प्रहरी कार्यालय रहेको छ । खानेपानीको दृष्टिले यस गाविसको वडा नं १ आरुबोटको बासिन्दाले धेरै ठुलो दुःख खेप्नु परेको छ । २०४८ सालमा जापान सरकारको सहयोग बाट बनेको सानु खानेपानी योजना अन्तर्गत मादनको तपतपेबाट ल्याएको पानी गाऊँमा २ वटा ट्याङ्की बनाई एउटा टोलमा एक धारा थियो र प्रत्येक बिहान पानी आउँथ्यो । विगत ६/७ वर्ष यताको खडेरी साथै त्यस क्षेत्रको जंगल फडानीले गर्दा पानीको मुल सुक्नु र गाउँमा भएको ५ वटा कुवा हरुमा पानी सुकेको कारणले गर्दा गत ४/५ वर्ष यता यहाँको बासिन्दा पानी खोज्न १ घण्टाको ओरालो गई सुनकोशी नदिको पानी ल्याउन बाध्य छन् । गत २०६६ साल पुस महिना देखि कात्तिके देउरालीको सम्पुर्ण वडा हरु विजुली बत्तिले झलमल भएका छन भने ग्रामिण सडक योजना अन्तर्गत साथै यहाँको जनताको सकृयताबाट चन्दा उठाई हाल सबै वडा हरुमा कच्चि बाटो पुगेको छ ।
कात्तिके देउराली गाविसको वडा नं १ आरुबोटमा करिब ६५ घर धुरीमा तामाङ्ग जातिको बाहुल्यता रहेपनी अन्य ठकुरी गौतम पन्त चौलागाई आदिको पनि बसोबास रहेको छ । यस्तै वडा नं। २ माथिल्लो कात्तिके मा करिब ४२ घर धुरी मध्य गिरी विश्वकर्मा सार्कि र हुमागाई हरुको बसोबास छ । वडा नं। ३ तल्लो कात्तिकेमा गिरी बास्कोटा र केहि तामाङ्ग हरुको बस्तीमा झन्डै ५० जति घर धुरी रहेको छ । वडा नं। ४ जखाडीमा लगभग ३७ घर धुरीमा अधिकांश तामाङ्ग त्यसपछि माझिहरुको बसोबास रहेको छ । यसै गरी वडा नं। ५ दरिम्बोटमा ४९ घर धुरी वडा नं. ६ र ७ ज्यामिरेमा प्राय गौतम र चौलागाई हरुको १०५ घर धुरी र ८ ९ वडा बोक्सेमा करिब ९४ घर धुरी गरी यस कात्तिके देउराली गा।वि।स।मा करिब ३८४० जनसंख्या रहेको छ ।
पर्यटनको ठूलो संभावना बोकेको यस कात्तिके देउराली लाई ग्रामिण पर्यटन क्षेत्रको रुपमा घोषण गरेको बर्षै बितीसक्दा पनि सरोकारवाला हरुको ध्यान यस तर्फ जान सकेको छैन । देउरालीबाट गौरीशंकर दोर्जे लाक्पा लगायत हिम सृंखलाहरु देख्न सकिन्छ । यहाँ शिवको मन्दिर साथै वरिपरि अरु थुप्रै मठमन्दिरहरु र गुम्बा अनि स्तुपाहरु देख्न सकिन्छ । प्रकृतिको सुन्दरताले भरिपुर्ण यस कात्तिके देउराली गाविस लाई वरपर अरु गाविसका मान्छेहरुले स्वर्गकै एक नमुनाको रुपमा नाम लिने गर्छन । प्रत्येक वर्ष हरितालिका तिजको अवसरमा यहाँको शिव मन्दिरमा ठूलो मेला लाग्छ । साथै मंशिर पुर्णिमाको उपलक्ष्यमा यहाँ वरपरका थुप्रै देविदेउताका मन्दिरमा रातभर ठूलो मेला लाग्ने गरेको छ ।
- राजकुमार मोक्तान
यो विषयका प्रतिक्रियाहरु
nirmal humagain:Aug 11, 2010 04:51:05 PM
mote gi. kattike Deurali ko photo pane rakhe denu la.
Gobinda pd. chaulagain:Jul 2, 2010 04:21:46 PM
तपाईले कात्तिके देउराली को बारेमा समाचारहरु दिनुभएको मा तपाईलाई धेरै धेरै धन्यवाद छ/
गोबिन्द चौलागाईं
कात्तिके देउराली -९ बोक्से
Rajkumar Moktan:Jun 24, 2010 07:32:15 PM
कुन्दन दाइ ,
कात्तिके देउराली को article नेपाली मा type गरि राखनु न ल?
धन्यवाद !
राजकुमार मोक्तान
Manoj Raj Giri:May 24, 2010 05:04:37 PM
खोइ त कात्तिके देउरालीको नया news हरु सधै पुरानो छ तेस्को लागि कुन प्रोसेस अप्नौना सकिएला ? हामी बाट कुनै इन्फोर्मेशन को हेल्प गर्नु परेमा फुर्थेर contact us ..............
Gobinda Chaulagain:Mar 5, 2010 04:21:57 PM
Khai ta koshipari ko pani news haru rakhnu paryo ahele samma kehi dekhna payeko hoina new news haru chhan bhane mail ma forward garnu paryo ... Kasai saga sodhera bhaye pani rakhnu paryo news haru.... kattike deurali tira ka news haru chhan bhane auto forward ma rakhnu paryo..
Gobinda Chaulagain
Kattike deurali -9 Kavre
sanjeev gautam:Nov 11, 2009 05:51:34 PM
why this site is ignoring our place???? we want the detail information??? if you need the further details you can contact us....
9841537496
Gokul Gautam:Nov 9, 2009 01:51:20 PM
kavreli.com le kosipari lai neglet gareko jasto lagyo ma kosipari ko manchhe bhayako le kosipari ko news ra information pani rakhnu paryo kehi help chahiya ma ma pani help garchhu information ra news ko lagi
Gokul Gautam , Kattike Deurali-7 kavre
mob. 9841320849
raj shiva:Oct 6, 2009 06:42:10 PM
kosi pariko barema pani news updating khali hunchha ? i hope resntli i look ?