
काभ्रे जिल्लाको कोशीपारी, १७ मध्ये एक बेखसिम्ले गा.बि.स., ५.९८ बर्ग कि. मि. मा फैलिएको छ । यस गा.वि.स. को सम्पुर्ण भूभाग भिरालो छ भने समुन्द्रि सतह देखि को उचाई करीब ११०० देखि २३०० को बिचमा रहेको छ । अरनिको राजर्मागको दोलालघाट देखि करिब २८ किलो मिटर धुले सडकको यात्रा पछि यस गा.वि.स. मा पुग्न सकिन्छ । यस गा.बि.स. को पुर्ब र दक्षिणमा काभ्रे जिल्लाको सानोवाङ्गथली र सिम्थलि गा.वि.स. पर्छ भने उत्तर र पश्चिममा सिन्धुपाल्चोक जिल्लाको लिसंखु र ठोकर्पा गा.बि.स. पर्छ ।

यस गा.वि.स. मा २ स्थानीय क्लब, १ उपभोक्ता सहकारी र केही समूहहरु रहेका छन् । यहाँका मानिसहरुलाई हरिसिम्लामा रहेको १ स्वास्थ्य चौकीले सेवा दिंदै आएको छ । श्री बनदेवी नि.मा.वि. , आरुबोट प्रा.वि., शिंह गणेश प्रा.वि., हिलेदेवी प्रा.वि. र भुसिमा रहेको १ प्रा.वि. गरि जम्मा ५ विद्यालयहरु रहेका छन् । यस गा.वि.स.मा माध्यामिक विद्यालय अहिले सम्म पनि स्थापना हुन सकेको छैन । विद्यार्थीहरु माध्यामिक शिक्षा तथा उच्च माध्यामिक शिक्षाको लागि करिब २ घण्टाको पैदल यात्रा गरि अध्यायन गर्नु पर्ने वाध्यता छ ।

यस गा.वि.स. मा रहेका कुल १४४७ जनसंख्या मध्ये तामाङ्ग ५०९ , क्षेत्री ३८९ , पहरी २८४ , ब्राम्हण ११६ , कामी ६५ , नेवार ५२ , दमाई १७ र अन्य १५ छन् । वि.सं. २०५८ को तथ्यांक अनुसार महिला साक्षरता २८ प्रतिशत, पुरुष साक्षरता ६९ प्रतिशत र संयुक्तमा ४७ प्रतिशत रहेको छ । वि.सं. २०४८ को तथ्यांक अनुसार कुल साक्षरता २० प्रतिशत थियो । यस गा.वि.स.का अधिकांश मानिसहरु कृषि पेशामा निर्भर छन् । अधिकांश सक्रिय जनसंख्या अध्यायन र कामको सिलसिलामा शहर पस्ने क्रम बढ्दो छ र गाउँमा खेतपाती गर्ने बालबालिका र बृद्ध हरु मात्र छन् ।
यो विषयका प्रतिक्रियाहरु
raj shiva:Dec 2, 2009 01:55:54 PM
thanks