Thursday, 09 September 2010 01:34 pm, Nepal

धुलिखेल नगरपालिका

2009-11-27 04:22:51


क्षेत्रफलको आधारमा नेपालकै सबभन्दा सानो नगरपालिका हो- धुलिखेल । धुलिखेल काभ्रे जिल्लाको सदरमुकाम पनि हो । वि.सं. २०४३ फागुण १८ गते उक्त नगरपालिकाको घोषणा भएको थियो । नौवटा वडामा विभक्त धुलिखेलको पूर्वमा काभ्रे गाविस, दक्षिणमा पनौती नगरपालिका, उत्तरमा रविओवी गाविस र पश्चिममा बनेपा नगरपालिका पर्दछन् । धुलिखेल नगरपालिका कुल एक हजार चार सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ लगभग १५ हजार जनसंख्या छ । अधिकांश बासिन्दा चाडपर्वमा मात्र आफ्नो घरमा आउने गर्छन् । यहाँको धेरै बासिन्दाले अन्य जिल्लामा गई आ-आफ्नो व्यवसाय सञ्चालन गरेको पाइन्छ ।

यहाँबाट अन्नपूर्ण, गणेश हिमाल, चुरेपहाड, नारायणस्थान र अन्य उच्च हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । यहाँ सुविधा सम्पन्न होटल रहेका छन् । अधिकांश सेमिनार तथा गोष्ठी यहाँका होटलमा हुने गरेको पाइन्छ । उपत्यकाबाट ३० कि.मि. टाढा रहेको धुलिखेल नगरपालिकाका पर्यटकीय स्थलमा पनौती-नमोबुद्ध, चण्डेश्वरी मन्दिर, पलाञ्चोक भगवती छन् । नगरपालिकाका पहिलो नगरप्रमुखमा बेलप्रसाद श्रेष्ठ निर्वाचित हुनुहुन्थ्यो भने सबै कार्यकालमा स्वतन्त्र रूपले श्रेष्ठलेनै नगरपिता भई कार्य गर्दै आउनुभयो । त्यसैगरी उपप्रमुखमा क्रमशः सुवासकाजी माकाजु श्रेष्ठ, अशोक व्यान्जु र मणिकलाल श्रेष्ठले जिम्मेवारी पूरा गर्नुभएको थियो ।

करीव १६२५ मिटर (५३३० फिट) को उचाइमा अवस्थित धुलिखेल नगरी हरियालीले ढाकिएका होचा अग्ला पहाडहरु र ती भन्दा पर सेता हिउँले सजिएका पर्वत मालाको पृष्ठभूमि पारेर पानपाते आकारमा बसेको छ । हिमाली चुचुरा र हिमनदी, सूर्योदयको बिहङ्गम दृश्य आदिले पर्यटकहरुलाई मात्र नभै नेपालीहरु समेत लोभिएको कुरा हिउँदमा स्थानीय टुँडिखेलमा हुने बनभोजहरुको घुइँचो, होटलमा रात बिताउन आउने रसिकहरुको लामो लाइन, र पर्यटकहरुको बिहान ३ बजेदेखि नै भेला हुने बातावरणले नै बताउँछ ।

बि.सं. २०२२ तिर जिल्ला सदरमुकामको रुपमा चिनिन थालेको धुलिखेल, नेपाल अधिराज्यको इतिहासमा समेत स्पष्ट रुपमा उल्लेख भएको कुरा ऐतिहासिक पृष्ठभूमिमा नै उल्लेख भइसकेको छ । वि.सं. १८२० कार्तिक १० गतेका दिन श्री ५ पृथ्वीनारायण शाहको फौजसंग पराजित धुलीखेलमा ५० घरपरीवार मात्र बाँकी रहेका थिए ।

प्राकृतिक सौन्दर्य, होचा-होचा हरिया पाटनहरुले (घाँसे मैदान) भरिएको, स्वस्थ्यकर जलवायु भएको धुलिखेलको नामाकरण कसरी रहन गयो भन्ने सन्दर्भमा केही किम्बदन्तीहरु छन् । प्राचीनकालमा यहाँ बाघ लाग्ने घना जंगल थियो । त्यसै जंगलका बाघहरु खेल्ने डुल्ने ठाउँ भएकोले "धुंखेल" भनिन्थयो । जसको नेवारी भाषामा "धु" को अर्थ बाघ र "खेल" को अर्थ डुल्ने खेल्ने भन्ने बुझिन्छ । यसैगरी अर्को थरीको भनाइ अनुसार अघिका यी बन्य सम्पदा मासेर मानिसहरुले बस्ती बसाल्दै लगेपछि उजाडिएका डाँडाकाडाँमा हुरी बतासले गर्दा धुलैधुलो उड्ने भएकोले यसको नाम धुलिखेल रहन गएको हो ।

काठमाडौं-तातोपानी ( चिन सिमाना ) पुग्ने/ जोड्ने अरनिको राजमार्गको ३० कि.मि. ( नौ कोस ) मा अवस्थित धुलिखेल यातायातको दृष्टिले सुविधायुक्त, मानिन्छ । यहाँबाट आवागमनको निम्ति बस, ट्रक, ट्याक्सी आदि सुविधा सदैव प्राप्य छ।

यहाँबाट गगनचुम्बी हिमालहरुमध्ये मनास्लू, लमजुङ्ग, गणेश, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरु देखिन्छन् । यसका अतिरिक्त अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरुले मात्र साधारणतया: देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाडाँबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षकको केन्द्रबिन्दू बन्दै गएको छ ।

जिल्लाको दोस्रो शहरी क्षेत्र एवं नगरपालिका समेत भएको यस धुलिखेल नगरपालिकाले १०८७ हेक्टर क्षेत्रफल ओगटेको भएता पनि मुख्य धुलिखेल बजार क्षेत्र ०.५ बर्ग कि.मि. मात्र छ ।

उपत्यकाको पूर्वमा रहेको नेवार बस्ती भएता पनि काठमाडौं र पाटनका नेवारहरुको भन्दा यहाँका नेवारहरुको संस्कृति र रीतिरिवाज धेरै अर्थमा बेग्लै र आफ्नै ढंगको छ ।

यहाँका बासिन्दाहरुको मुख्य ब्यवसाय कृषि र व्यापार हो । कूल जनसंख्याको ५३१ घरधुरीले वयापार र ५२८ घरधुरीले कृषि पेशा अपनाएको तथ्य २०५२ सालमा लिइएको बस्तीस्तरीय सर्भेक्षणबाट प्राप्त भएको छ । यहाँका पुरुषहरुले ब्यवसायमा लागेको पाइन्छ । यहाँ एउटा भनाइ मान्नुपर्छ - यहाँका नेवारहरु ब्यापार गर्न पुर्व लाग्छन् पश्चिम जाँदैनन् भन्ने जनसाधारणको भनाइ छ । हुन त यथार्थमा धुलिखेल ब्यापारीहरु पूर्वमा इलाम, दार्जीलिङ्ग, सिक्किम र भूटानसम्म पुगेको पाइन्छ ।

धुलिखेल, काभ्रेपलाञ्चोक जिल्लाको जिल्ला सदरमुकाम भएकले जिल्लास्तरीय सरकारी तथा गौरसरकारी कार्यालयहरु यहीं छन् । यहाँ ३ मा.वि.मा १०‍‌‌ + २ को कक्षा संचालन भैसकेको छ भने निजी क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्न सफल काठमाडौं विश्वविद्यालय रहेको छ । प्राथमिक शिक्षा तालिम केन्द्र निजी क्षेत्रको लगानीमा स्थापित धुलिखेल अस्पतालले शिक्षा र स्वास्थ्यको क्षेत्र प्रदान गर्दै आएका छन् यहाँ रहेको नापी तालिम केन्द्रले प्राविधिक शीप प्रवर्द्धन गर्दै आएको छ । गणेश, सरस्वती, वाराही, गीता, मन्दिर, गोखुरेश्वर महादेव, भैखण्डा मन्दिर र भगवतीको मन्दिर प्रसिद्ध छन् । दक्षिण पूर्व स्थित काभ्रेकोटमा कालीदेवीको मन्दिर पनि प्रख्यात छ ।

वर्तमान वातावरणीय अवस्था

धुलिखेल, विगत २० /३० वर्ष यता सामान्य रुपमा मात्र परिवर्तन भएको पाइन्छ । यहाँ केवल सरकारी कार्यालयहरु र पर्यटन क्षेत्रमा केही छिटो विकास भएको पाइन्छ । खानेपानीको श्रोतमा प्रदुषणको अवस्था चिन्ताजनक छैन तापनि शहरी क्षेत्रको मध्यबागबाट वहने खोल्सा, धारा आदिमा ढल मिसिनाले केही मात्रामा दूषित हुन नपुगेको हैन यहाँ दैनिक १२.८ क्यू. मिटर फोहोर ( Soil waste ) संकलन गरी ५० वर्ग मिटर क्षेत्रमा थुपार्ने (Dump) गरिन्छ् भने शहरी भने शहरी ढल निकासको प्रबन्ध राम्रो नभएको कारण घरबाट निस्कने नाली (Liquid Waste and Night Soil ) ठिकसँग व्यवस्थित हुन सकेको पाइदैन । ( IUCN 1992 ) ठूला-ठूला उद्योगहरु नभए पानि साना- साना गलैंचाल उद्योग, तेलमील, च्यूरा मील, होटेल रेष्टुराँ वढ्ता भएको एवं यहाँका धेरै घरमा व्यक्तिगत चर्पीहरु नभएको कारणले पनि वातावरण केही प्रभाव पारेको छ ।

यो विषयका प्रतिक्रियाहरु

HARI GOPAL CHOCHHE:Aug 23, 2010 06:35:19 PM

Ma धुलिखेलबfसी भएपनि हाल उदयपुर कटारीमा ब्यबसाय गर्दैछुं तैपनि मलाई धुलिखेलको धेरै माया lagchha कतिपल्ट धुलिखेल बजार र chowkharuko फोटो नेटमा खोज्छु तर bhetdina त्यसैले please कसैले इ_मैल gari अड्ड्रेस पत्हैदिनु होला

Ravi Kiran Karmacharya:Jun 28, 2010 08:07:22 PM

malai Kabhre ko 3 wotai nagar ma kun hydro electricity ko electricity balchha tyas ko janakari chahiyeko thiyo plz ma yasko answer pauna sakchhu?

Ravi Kiran Karmacharya:Jun 26, 2010 03:21:25 PM

I would like to know about other areas of dhulikhel municipality i.e bhyandol,shreekhandapur etc. but i could not find here.It is better to mention about other the other areas of this municapility.Thanks.

hemanta lamichhane:Feb 3, 2010 06:30:35 PM

बनेपा इस द स्मल्लेस्ट मुनिचिपिलिटी इन् इट्स अरेया.

suman sonar:Jan 11, 2010 08:39:28 PM

im also parmanent resident of dhulikhel. i think this much info is not enough about dhulikhel. but how much is here its good.thnx

dhulikhelnepal.com:Jan 9, 2010 11:33:55 PM

धुलिखेल, विगत २० /३० वर्ष यता सामान्य रुपमा मात्र परिवर्तन भएको पाइन्छ । यहाँ केवल सरकारी कार्यालयहरु र पर्यटन क्षेत्रमा केही छिटो विकास भएको पाइन्छ । खानेपानीको श्रोतमा प्रदुषणको अवस्था चिन्ताजनक छैन तापनि शहरी क्षेत्रको मध्यबागबाट वहने खोल्सा, धारा आदिमा ढल मिसिनाले केही मात्रामा दूषित हुन नपुगेको हैन यहाँ दैनिक १२.८ क्यू. मिटर फोहोर ( Soil waste ) संकलन गरी ५० वर्ग मिटर क्षेत्रमा थुपार्ने (Dump) गरिन्छ् भने शहरी भने शहरी ढल निकासको प्रबन्ध राम्रो नभएको कारण घरबाट निस्कने नाली (Liquid Waste and Night Soil ) ठिकसँग व्यवस्थित हुन सकेको पाइदैन । ( IUCN 1992 ) ठूला-ठूला उद्योगहरु नभए पानि साना- साना गलैंचाल उद्योग, तेलमील, च्यूरा मील, होटेल रेष्टुराँ वढ्ता भएको एवं यहाँका धेरै घरमा व्यक्तिगत चर्पीहरु नभएको कारणले पनि वातावरण केही प्रभाव पारेको छ ।
is above information is from reliable source?
be serious about the posting from next time.
amateur site........amateur author..............



Bikram manandhar:Dec 9, 2009 09:46:35 PM

I don\'t think Dhulikhel is smallest Municipality, Plz check it and provide true information

KulBdr Thapa Magar:Dec 6, 2009 11:27:33 PM

I am also a permanent resident of Dhulikhel Municipality but I was unknown about more things related with our municipality. So I want to give thanx for Kavrel.com family and Special thanx to Mr. Bindo Neupane.

Thank you!!!

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु