धार्मिक सन्दर्भ
2009-10-10 09:39:01


हिन्दू एवं बौद्धमार्गीहरूका लागि यस जिल्लामा विख्यात मन्दिर र गुम्बाहरू रहेका छन् । पलाञ्चोक भगवती, चण्डेश्वरी, नमोबुद्ध, इन्द्रेश्वर महादेव, धनेश्वर महादेव, लड्केश्वर महादेव, व्रम्हायणी, रंगनाथ मन्दिर, गोरखनाथ, फुल्चोकी, शैलेश्वर गोर्साईंस्थान, आशापुरी महादेव, करुणामाई भगवती, गौखुरेश्वर, दुलालेश्वर महादेव लगायतका तीथस्थलहरू विदेशमासमेत, अधिराज्यभर र आसपासका जिल्लाहरूमा प्रसिद्ध रहेका छन् भने जिल्लाभित्रै मात्र ख्याति पाएका अनेकन् मठ, मन्दिर, गुम्बा, ध्यान एवं सत्संग आश्रमहरू पनि उल्लेख्य संख्यामा रहेका छन् ।
यस जिल्लामा सांस्कृतिक महत्वका निकैरोचक, आकर्ष र वृहत्जात्रा एवं मेलाहरू पनि आवधिक रूपमा लाग्दछन् । विशेष प्रख्यातिका दृष्टिले त्यस्ता केही मेलाहरू मध्ये प्रत्येक १२ वर्षा लाग्ने मकर मेला -पनौती) , प्रत्येक १२ वर्षा लाग्ने हलसिद्धि जात्रा, पनौती जात्रा -ज्याःपून्हि), नवदुगा जात्रा -पनौती/धुलिखेल), बाह्रवर्षो हरिसिद्धि मेला -धुलिखेल), प्रत्येक जनै पूणिर्मामा लाग्ने शैलेश्वर गोर्साईंस्थान मेला -बनेपा), वैशाख पूणिर्मामा लाग्ने चण्डेश्वरी जात्रा -बनेपा), कार्तिक पूणिर्मा -हरि बाधिनी एकादशीपछिको) मा लाग्ने नमोबुद्ध दर्शन -श्यामपाटी सिमलचौर), हरिबोधिनी एकादशीमा लाग्ने लड्केश्वर महादेव जात्रा -बल्थली), माघ महिनाभर लाग्ने धनेश्वर महादेव दर्शन -धनेश्वर) महत्वपूर्ण मानिन्छन् । वि.सं.२०५८ को जनगणना अनुसार यस जिल्लामा ६४.७७% हिन्दू, ३४.६९% बौद्ध, ०.०५% मुस्लिम, ०.०१% किराँत, ०.२९% क्रिश्चियन र ०.१८% अन्य धर्मावलम्बीहरू रहेका छन् ।
यो विषयका प्रतिक्रियाहरु
Narayan:Mar 11, 2010 04:14:59 PM
तपाईहरुले सारै हेलचेक्राई को साथ लेख्नु भएको रहेछ काभ्रे जिल्ला को धार्मिक स्थल बार लाईनमा सिधिदैन नलेख्नु लेखिसके पछि अलि खोज गरेर क्रम बद्द रुपले पुर्ण जानकारि दिनु भए धेरै राम्रो हुने थियो ।
नारायण-हङकङ
Subas C. Dhungana:Feb 18, 2010 09:32:09 AM
जसरि हिन्दु मन्दिर हरु को उल्लेख गरिएको छ त्यसै गरि अरु धर्मको धार्मिक केन्द्र पनि उल्लेख गर्नु पर्यो नि ?त्येसो गरे कसो होला ?
khadka raj shiva:Jan 12, 2010 12:32:12 PM
kosi pariko bhimsensthan ko or mulkhark bmimsenko brema pani ys dharmik page ma artical melar rakhnu hunchh hol kavreali famialy i hope u.
9841658464
khadkashiva22@yahoo.com
raj:Dec 26, 2009 09:35:16 PM
it\'s nice but i thing \'we need some more\'best of luck kavrli.com c u bey...
कमल नेपाल:Dec 21, 2009 06:58:57 PM
यसमा ढुंखकको एेतिहासीक स्थलहरू बेथाञ्चोक नारायणस्थान, क्षेत्रपाल महाँकाल, महादेवस्थान छुटेको छ कृपया यि ठाउहरू समावेश हुदाँ राम्रो हुन्थोकी
Baldev Giri:Dec 13, 2009 01:30:02 PM
Rabi Opi VDC ko Seti Devi Chhahare VDC ki Kali Devi ko Barama kehi pani Ullkha nagarako ma pani Thanku.
dahal:Oct 15, 2009 10:15:42 AM
mulkharka vimsen, khada devi , dhuti ganesh, etc ko bare ma kehi nalekhera pacchepat garekoma dhannyabad.
mulkharka vimsen sthan is loketd at the top of tha saping village. persons from all over kavre, sindhu, and ramechhap come here for JATRA. In every THULO EKADASI, FULPATI, DHANA PURNIMA, PANCHAMI after DHANYA PURNIMA, SHIVA RATI etc peoples comes here. they light DIYO and pray for their bright future. About thirty thousand people visit here in every occasion. people from ktm valley also come here.
If you dont believe, come here and look. but dont left about this.