ऐतिहासिक सन्दर्भ
2009-10-10 09:37:34


नेपाल अधिराज्यको एकीकरणपूर्व पनि वर्तमान काभ्रे जिल्लाभित्र पर्ने बनेपा, पनौती, धुलिखेल, खोपासी, नाला, साँगा, पलाञ्चोक, मण्डन, दाप्चा, नाल्दूम, चौकोट जस्ता लघुराज्य अथवा गाउँहरूले इतिहासको पानामा आफूलाई सुरक्षित गरेकै थिए । यी स्थानहरू धार्मिक, पुरातात्विक, राजनैतिक, सामाजिक, व्यापारिक अथवा औद्योगिक महत्वका दृष्टिले इतिहासमा पढिन्छन् ।
विक्रम संम्वत् २०१९ मा नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु भन्दा अगाडि हालको काभ्रे जिल्ला पूर्व १ नं. क्षेत्र अर्न्तर्गत तत्कालीन २८ वटा मौजाहरूको सदरमुकाम चौताराबाट प्रशासित थियो । कम्तीमा एकदेखि बढीमा ५४ वटासम्म गाउँहरू समाविष्ट हुने त्यस्ता मौजाहरू मध्ये वर्तमान काभ्रे जिल्लाभित्र काभ्रे र पलाञ्चोक गरी दुइ वटा मौजाहरू थिए र तिनै मौजाहरूको संलयनद्वारा वि.सं.२०१९ सालमा काभ्रे पलाञ्चोक जिल्लाको जन्म भयो । 'काभ्रे' वर्तमान काभ्रे पलाञ्चोक जिल्लाभित्र पर्ने एक गा.वि.स. हो भने 'पलाञ्चोक' साठीघर भगवती गा.वि.स. मा पर्ने एक डाँडा हो जहाँ प्रसिद्ध पलाञ्चोक भगवतीको मन्दिर (आवरण पृष्ठमा चित्रित) छ । जम्मा ११५२१ जनसंख्या रहेको सदरमुकाम धुलिखेल जनसंख्याको दृष्टिले र बनेपा -५.३७ वर्ग कि.मि.) क्षेत्रफलका दृष्टिले अधिराज्यकै सबभन्दा साना नगरपालिका हुन् । यिनलाई अरनिको र बी.पी. दुबै राजमार्गले छेदन गर्छन् ।
यो विषयका प्रतिक्रियाहरु
Manju Lal Shrestha,Dhulikhel:Nov 25, 2009 11:13:54 AM
KAVRE PALANCHOK jilla kasari bhayo bhanne bare thoraile matra thaha hola. tara,yo sandharbale aaba world ka kunai pani kuna basne NEPALI hos ya BIDESHI sathai khaas garera KAVRELI new generationle pani thaha paunechha ki hamro Jilla kahile kasari rahana gayo. thanks for collector of this news.
krrishna chandra karmacharya:Oct 29, 2009 02:11:19 AM
yo barema gyan pahila thiyena thaha pani bhayena sarai nai khusi lagyo ki sansarko kunai mani thauma baseko kavrelile yo web site herer thaha paune vayo ki kavrema k bhairaheko 6 bhanne tesko lagi sampurna yes web pariwarlai thanx a lot