Tuesday, 09 February 2010 10:45 am, Nepal

प्रमुख समाचार

पूर्वराजा ज्ञानेन्द्रलाई पनौतीमा भव्य स्वागत

काभ्रेली.कम: 2010-02-08 16:39:45

पनौती, २५ माघ
काभ्रेको पनौतीमा लागेको मकर मेलाको दर्शन गर्नका लागि आज पूर्वराजा ज्ञानेन्द्र शाह पनौती आएका छन् । आज विहान ११ः२० मिनेटमा पूर्वराजा ज्ञानेन्द्र बा ४ च ३८०७ नम्बरको ल्याण्ड क्रुजर गाडिमा पनौती आएका थिए । मकर मेलामा आएका पूर्वराजा ज्ञानेन्द्रलाई उनका समर्थक तथा पनौती नगरपालिकाका कार्यकारी अधिकृत राजेश पन्थी र नगरपालिकाका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।

पुरा पढ्नुहोस्


सिन्धुको पहिलो विकास बैंकलाई इजाजत

ध्रुव दंगाल: 2010-02-08 19:54:00

सिन्धुपाल्चोक, २५ माघ
जिल्लामा केन्द्रीय कार्यालय रहने गरी सञ्चालनमा ल्याइने तयारी गरिएको सिन्धु विकास बैंकले सञ्चालनको लागि इजाजत प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक सञ्चालनमा ल्याउनका लागि सैद्धान्तिक सहमतीपत्र -लेटरअफ इन्टेन्ट) दिएको हो ।

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकका ६१ गाविस पुरस्कृत

ध्रुव दंगाल: 2010-02-08 19:49:44

सिन्धुपाल्चोक, २५ माघ
न्यूनतम र्सत पुरा गरेर सिन्धुपाल्चोकका ६१ गाविस पुरस्कृत भएका छन् । नियमित बजेटलाई निरन्तरता दिंदै ती गाविसले थप २ करोड ६४ लाख ४ हजार रुपैया“ प्रोत्साहन अनुदान पाएका छन् ।सिन्धुपाल्चोकका ६ गाविस कार्वाहीमा पर्ने भएका छन् । गाउ“ विकास समितिको न्यूनतम र्सत तथा मापन कार्यविधि -एमसी) मा तोकिएका सूचक पूरा गरेर जिल्लाका ७९ मध्ये ६१ गाविस पुरस्कृत भएका हुन् ।

पुरा पढ्नुहोस्

लुटपाट भएकोमा प्रहरीद्धारा अनुसन्धान

काभ्रेली.कम: 2010-02-08 19:19:38

काभ्रे,२५ माघ
काभ्रे जिल्ला धुलीखेल नगरपालिका– ८ बस्ने मित्र प्रसाद श्रेष्ठको घरबाट गएराति साढे २ बजे ४ तोला सुनका गहना र मोवाइल सेट १ थान लुटपाट भएको छ । नकाब लगाएर हतियार सहित आएका ५/७ जनाको समुहले घर परिवारलाई नियन्त्रणमा लिई उक्त सुनका गहना र मोवाइल लुटपाट गरेको बताइएको छ । फरार अभियुक्तहरुको प्रहरीले खोजतलास गरिरहेको नेपाल प्रहरीको वेवर्साईडमा जनाईएको छ ।

पुरा पढ्नुहोस्

काभ्रेली कलाकारलाई सम्मान

काभ्रेली.कम: 2010-02-08 18:53:20

चौकोट, २५ माघ
कृषि पर्यटन र उद्योग वाणिज्य काभ्रेको चौतर्फी विकास हाम्रो उद्देश्य भन्ने मुल नाराका साथ यहि माघ २१ गतेबाट सुरु भएको पहिलो काभ्रे महोत्सवको पाँचौ दिन आज आयोजकले काभ्रेली कलाकारहरुलाई सम्मान गरेको छ ।

पुरा पढ्नुहोस्

सकियो नवाह ज्ञान महायज्ञ

काभ्रेली.कम: 2010-02-08 18:02:13

नाला, २५ माघ
नालाको उग्रचण्डी गाउँ विकास समितिमा रहेको चामुण्डा देवी मन्दिरमा आयोजना गरिएको देवी भागवत् नवाह ज्ञान महायज्ञको आजबाट समापन भएको छ । चामुण्डा एकिकृत विकास समाजको आयोजनामा गाविकासको एकिकृत विकास गर्नका लागि आयोजना गरिएको नवाह आजबाट सकिएको हो ।

पुरा पढ्नुहोस्


पाँच वर्षीया बालिका बलात्कृत

समाचार एजेन्सी: 2010-02-08 19:57:59

रौतहट, २५ माघ
बालिकालाई ललाइफकाइ बलात्कार गरेको अभियोगमा एक युवकलाई गाउँलेले नियन्त्रणमा लिई कारवाहीको लागि प्रहरीको जिम्मा लगाएका छन् ।रौतहटको चन्द्रनिगाहपुर गाविस-९ बेल्डी टोलकी ५ वर्षीया बालिकालाई आइतबार साँझ मकवानपुर जिल्ला फापरवारी गाविस-५ का २२ वर्षीय नवराज तिमलसिनाले बलात्कार गरेको गाउँलेले बताएका छन् । साँझ आफ्नै घरमा खेलिरहेकी बालिकालाई तिमलसिनाले फकाउँदै लगेर घरभन्दा पश्चिमतर्फ जङ्गलमा बलात्कार गरेको पीडित बालिकाका बाबुले बताएका छन् ।

पुरा पढ्नुहोस्

माला फाल्दै गए अयोग्य लडाकु

समाचार एजेन्सी: 2010-02-08 19:12:55

तुलसीपुर , २५ माघ
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले लडाकुहरु शिविरमा बस्दैमा योग्य हुने र नरहँदैमा अयोग्य हुने होइन भनेका छन्। उनले केही प्रमुख दल शान्ति र संविधानप्रति जिम्मेवार नभएको आरोप पनि लगाए। राष्ट्र र जनताप्रति समर्पित भएपछि कहिल्यै अयोग्य नहुने उनको भनाइ थियो।
माओवादी शान्ति र संविधानप्रति प्रतिबद्ध रहेको पनि उनले बताएका छन्। रोल्पाको दहवनस्थित माओवादी पाँचौ डिभिजनको मुख्यालयमा आज माओवादी अयोग्य लडाकुको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले अयोग्य लडाकुको बिदाइले आफूहरुको प्रतिबद्धतालाई पुष्टि गरेको बताए।

पुरा पढ्नुहोस्




‘अवतार’ ले जासुसी भुमिका खेल्ने

समाचार एजेन्सी: 2010-02-09 07:46:29

अमेरीका, २६ माघ
‘अवतार’ चलचित्रका नायक सैम वर्थिंगटन अब एउटा जासूसको भुमिकामा देखिने भएको छ। उनले चलचित्रमा हत्याको रहस्य सुलझाउने भएका छन्। साँचो घट्नाको आधारमा बन्न लागेको यस चलचित्रको नाम ‘टेक्सास किलिंग फिल्ड्स’ राखेको छ।

पुरा पढ्नुहोस्

नायिकाहरुलाई दीपिकाको चुनौटी

समाचार एजेन्सी: 2010-02-09 07:43:50

बलिउड, २६ माघ
बलिउड अभिनेत्री दीपिका पादूकोणका अनुसार उनी बलिउडमा एक नम्बर बन्नका लागी आएकी हुन त्यसैले उनलाई एक नम्बर बन्न कसैले रोक्न सक्दैन। ओम शांति ओम जस्तो अति चलेको चलचित्रबाट आफ्नो फिल्मी जीवनको शुरूआत गरेका दिपिका को यस चुनौटीले बलिउडमा एक नम्बरको दौड रोचक हुने भएको छ।दीपिकाले उनी सर्वश्रेष्ठ बन्न आएकोले सर्वश्रेष्ठ बनेरै छोड्ने बताए।

पुरा पढ्नुहोस्

 

हामीपनि लगाईदिउन त पूर्वराजा ज्ञानेन्द्र शाह पनौतीको मकर मेलामा आउने भएपछि आज विहान उनको स्वागतका लागि पनौतीको मानेश्वरी बसपार्कमा बसेका पाचकन्याहरु । पूर्वराजा ज्ञानेन्द्रलाई नगरपालिकाका कर्मचारीका साथै उनका समर्थकहरुले फुलमाला लगाइ दिएका थिए । तस्बिर :केदार तिमल्सिना







काभ्रेको पनौतीमा १२ वर्षमा लाग्ने मकर मेला तपाईलाई कस्तो लाग्यो ?

राम्रो

ठिकै

धेरै राम्रो

गएको छैन


सन् २०१० मा दक्षिण एशिया

–दीपक गजुरेल
सन् २००९ सकिएर २०१० आरम्भ भयो । राजनीतिक तथा कूटनीतिक क्षेत्रमा गएको वर्षअनेक संझनायोग्य घटनाहरु भए । दक्षिण एशियाले पनि अन्यत्रको जस्तै विभिन्न उतार चढाव भोग्यो । आन्तरिक, दुइ पक्षीय, राजनीतिक, आर्थिक, कूटनीतिक लगायत थुप्रै समस्याहरु छन्, दक्षिण एशियाली राष्ट्रहरुमा र तिनको अन्तरसम्बन्धमा । वर्ष२००९ दक्षिण एशियाली राष्ट्रहरुका लागि मिश्रति रहृयो । श्रीलंकामा पुरानो समस्या एउटा टंुगोमा पुग्यो । तर यहाँ फेरि अर्को समस्या खडा हुने संकेत देखा पर्दैछ । पाकिस्तान प्रजातान्त्रिक प्रणाली विकास गर्ने लक्ष्यमा कठिन मोडमा आइपुगेको छ । भारतमा आन्तरिक सुरक्षाका साथै वाहृय जटिलताहरु थपिएका छन् । नेपाल राजनीतिक संक्रमणको क्रममा झन् जटिल चरणमा प्रवेश गरेको छ ।

पुरा पढ्नुहोस्





गणराज्यहरु नै समानान्तर सरकार हुनेछन

मिना तामाङ 'रञ्जिता'
केन्द्रीय कोषाध्यक्ष
तामाङ राष्ट्रिय मुक्ति मोर्चा

१५ वर्षको उमेर खेलेर खाने हुन्छ । अभिभावकको टाउकोमा दोष थुपरेर खेल्ने र खाने समयमा उनि कुनै पार्टीमा आबद्ध भैसकेकी थिईन् । गाउँमा हुने अन्याय अत्याचार अशिक्षा गरिबी असमानता उनका लागि संघर्षको चुरो बन्यो । संगत नै उनको त्यही हुन पुग्यो । कक्षा ६ मा अध्ययन गर्न जाँदै धेरै बच्चाहरु विद्यालय नगएको देख्न थालिन् । सबैमा समानता हुन सक्यो भने एकदिन पछिल्लो पुस्ताका सबै केटाकेटीहरु विद्यालय जान सक्छन् । शान्तिपूर्ण रुपमा कसैले ति कुराहरु सुन्न सकेनन् भने विद्रोहको माध्यमबाट भए पनि गरिबीको रेखामुनि रहेका जनताहरुको जीवनस्तर उकास्न केही गर्नुपर्छ ।
मिना तामाङ 'रञ्जिता' होक्से-५ मा विलबहादुर र हिरामाईको कोखबाट २०३४ मा जन्मेकी थिईन् । तीन दाजुभाई तीन दिदीवहिनी मध्ये कान्छी मिनाले शुरुमै संघर्षको लागि तयार भईन् ।

पुरा पढ्नुहोस्



सामाजिक चेतनाका लागि सपनाको अभिनय

-अमरकृष्ण चन्द
हरेकसंग आ-आफ्नै किसिमको कला अनि प्रतिभा हुन्छ तर त्यसलाई चिन्न भने सकेको हुँदैन र त कतिपयका कला प्रतिभा त्यतिकै मरेर जान्छ । कतिपय कला प्रतिभा अवसरको अभावमा मर्दै जान्छन् भने कतिपय प्रतिभाले आफ्नो प्रतिभा गुम्साएर राखेका हुन्छन् । यस्तै यस्तै प्रतिभाको भीडमा आफूलाई कलाकारिताको संघर्षको भूमरीमा होमिँदैछिन् नव प्रतिभा अर्थात नव नायिका सपना थापा ।कलाको उर्वर भूमिको रुपमा आफ्नो पहिचान बनाएको काभ्रेले फेरी एउटा राम्रो सम्भावना बोकेको प्रतिभा अर्थात कलाकार दिएको छ कला क्षेत्रलाई सपना थापाको नाममा । हरेक आइतबार नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिचलचित्र "जीवनचक्र" बाट चलचित्र क्षेत्रमा पाइला चालेकी उनले हाल काभ्रेली फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिचर फिल्म "अन्तर्घात" मा समेत मुख्य नायिकाको भुमिकामा अभिनय गरिरहेकी छिन् ।

पुरा पढ्नुहोस्

दुरगामी लक्ष्यको अभाव

कृष्णचन्द्र बन्जरा
सहमति र सहकार्को लागी पटक-पटक बसेको राजनैतिक दलका उच्चस्थरीय व्यक्तिहरुको बैठकले कुनै निचोड ननिकाले पछि कार्यदलनै बनाएर सहमतीकै लागी यतिखेर राजनैतिक दल जोडतोडले लागेका छन् । तर कुनै सहमती निस्कने छाँटकाट छैन् । सहमती ननिस्कनुको मुख्यकारण सहजै अनुमान लगाउन सकिन्छ -'सत्ताकेन्द्रीत राजनीति र आफ्नै अडान् ।' १० वर्ष यूद्धकाल देखीनै 'सत्ता कब्जा'को मुख्य सपना बोकेर आएका प्रचण्डलाई उनको सपना जनताले संविधान सभाको निम्ती प्रतिनिधी चुन्ने निर्वाचन मार्फत पुरा गरीदिए ।

पुरा पढ्नुहोस्





 

 

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु